शिक्षामन्त्रीद्धारा ३१ बुँदे कार्ययोजना सार्वजनिक


Capital Headline
प्रकाशित मिति : मंगलबार, मंसिर ७ २०७८
3.9K
SHARES

७ मंसिर काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले ३१ बुँदे कार्ययोजना सार्वजनिक गरेका छन्। मन्त्री पौडेलेले मंगलबार पत्रकार सम्मेलन गर्दै ३१ बुँदे कार्ययोजना सार्वजनिक गरेका हुन्।

उनले सार्वजनिक गरेको कार्ययाेजनाकाे पहिलो प्राथमिकतामा सबै विद्यार्थीलाई कोभिड १९ विरुद्धको खोप व्यवस्था गर्ने उल्लेख गरेका छन्। त्यस्तै सबै पालिका, जिल्ला र प्रदेशलाई साक्षर घोषणा गरिने, सिक्दै कमाउँदै कार्यक्रमलाई प्रभावकारी ढंगले कार्यन्वयन गर्ने, अनिवार्य तथा निःशुल्क शिक्षा ऐन र नियमलाई प्रभावकारी रुपमा कार्यन्वयन गरिने जनाएको छ।

त्यस्तैगरी कक्षा १२ सम्मका पाठ्यपुस्तकको छपाई गुणस्तरीय एवं रङ्गिन बनाइने, अधिकतम सामुदायिक विद्यालयमा प्राविधिक शिक्षाको पढाइ सञ्चालनमा ल्याइने, स्थायी शिक्षकको पदपूर्तिलगायतका प्राथमिकता कार्ययाेजनामा समेटिएका छन्।