चिसो बढेको भन्दै विद्यालय बन्द


Capital Headline
प्रकाशित मिति : बुधबार, पौस १४ २०७८
7.1K
SHARES

१४ पुस हेटौंडा। वर्षाका कारण चिसो बढेको भन्दै मकवानपुरको हेटौँडा उपमहानगरपालिकाले आज एक दिनका लागि विद्यालय बन्द गर्ने भएको छ।

चिसो बढ्नुको साथै लगातार वर्षा भइरहेकाले हेटौँडा उपमहानगरपालिकाका मेयर हरि बहादुर महतको निर्देशनमा आज एक दिनको लागि उपमहानगर क्षेत्रका सम्पूर्ण विद्यालयको पठनपाठन बन्द गरिएको हो।

वर्षा र चिसोको कारण विद्यार्थीको स्वास्थ्यमा पर्न सक्ने प्रतिकुल असरलाई मध्यनजर गर्दै एक दिनको लागि उपमहानगर भित्रको विद्यालयहरू बन्द गर्न लागिएको नगरका शिक्षा विकास महाशाखा प्रमुख गंगाधर रिमालले जानकारी दिए।