कांग्रेस केन्द्रीय समिति बैठक बस्दै


Capital Headline
प्रकाशित मिति : सोमबार, पौस १९ २०७८
5.5K
SHARES

१९ पुस काठमाडौं । सत्तासीन नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दैछ । आज दिउँसो २ बजे पार्टी कार्यालय सानेपामा बस्ने गरी केन्द्रीय कार्यसमितिको बैठक बोलाइएको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

उनका अनुसार सो बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी र केन्द्रीय सदस्यलाई डाकिएको छ ।कांग्रेस केन्द्रीय समितिको पहिलो बैठक अघिल्लो शनिबार बसेको थियो ।

प्रधानमन्त्रीसमेत रहेका सभापति शेरबहादुर देउवाले केन्द्रीय समितिमा धमाधम मनोनयन गरिरहेका छन् ।