आज सामान्य बढ्यो सुनको भाउ


Capital Headline
प्रकाशित मिति : बुधबार, असोज २१ २०८३
133
SHARES

२१ आश्विन काठमाडौं । नेपाली बजारमा आज सुन चाँदीको भाउ बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ ८ सय रुपैयाँले बढेको हो ।यससँगै आज सुन तोलामा २ लाख ९२ हजार ३ सय रुपैयाँ कायम भएको छ। हिजो सुनको भाउ २ लाख ९१ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।

यसैगरी चाँदीको भाउ पनि बढेको छ । आज चाँदी तोलाको १० रुपैयाँले बढेको हो । यससँगै आज चाँदी ४ हजार ४२५ रुपैयाँ कायम भएको छ। हिजो चाँदी ४ हजार ४१५ रुपैयाँमै कारोबार भएको थियो।