परीक्षा र पढाइ र वैकल्पिक माध्यमबाट गराऊ – अखिल (क्रान्तिकारी)
६ माघ काठमाडौ । कोभिड महामारीको कारण प्रभावित त्रि.वि. लगायतका अन्य विश्वविद्यालयहरुको पढाइ र परीक्षा नियमित रुपमा सुचारु गर्नकोलागि वैकल्पिक याेजना निर्माण गरि शैक्षिकसत्र प्रभावित हुन नदिनका लागि अखिल क्रान्तिकारीले माग गरेको छ ।
अखिल क्रान्तिकारीकि अध्यक्ष पंचा सिंहद्वारा जारी विज्ञप्तमा त्रि.वि. लगायतका अन्य विश्वविद्यालयहरुको भौतिक उपस्थितिमा भइरहेको परिक्षा तत्काल स्थगित गर्न पर्ने बाध्यात्मक अवस्था भए पनि विधार्थिहरुके पढाइ र परीक्षा नियमित रुपमा सुचारु गर्नको लागि वैकल्पिक याेजना निर्माण गरि शैक्षिकसत्र प्रभावित हुन नदिनका लागि सम्वन्धित विश्वविद्यालयहरु र नेपाल सरकारकाे ध्यानाकर्षण गरिएको छ ।
साथै कोभिड महामारीको कारण आक्रान्त बनेको जनताको जन जीवनलाई बेवास्ता गरि बुधबार राति देखि नेपाल आयल निगमले पेट्रोल, मट्टितेल, डिजल र हवाई इन्धनमा गरेको मुल्य वृद्धि तत्काल फिर्ता नगरिए सशक्त प्रतिवादमा उत्रिने समेत बताइएको छ ।
