नोबेलका १० विद्यार्थीलाई पढ्ने वातावरण बनाऊ – संसदीय समिति
२३ फागुन काठमाडौं । प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिले विराटनगरको नोबेलमेडिकल कलेजका आन्दोलनरत १० विद्यार्थीलाई पढ्न सक्ने वातावरण बनाउन सरकारलाईनिर्देशन दिएको छ ।
सोमबार सिंहदरवारमा बसेको समितिको बैठकले २५ गतेभित्र वा ढिलोमा आगामी एकहप्ताभित्र विद्यार्थीहरुको समस्या समाधान गरेर उनीहरुलाई पढ्नसक्ने वातावरण बनाउन शिक्षा,विज्ञान तथा प्रविधि मन्त्रालय र चिकित्सा शिक्षा आयोगलाई निर्देशन दिएको हो ।
नोबेल मेडिकल कलेजले सरकारले तोकेको भन्दा बढी शुल्क लिएको विरोधमाआन्दोलनमा उत्रिएकामध्ये १० जना विद्यार्थीले नोबेलमै पढ्न आफूहरुलाई सुरक्षाखतरा रहेको भन्दै अर्को कलेजमा स्थानान्तरणको माग गरेका थिए । तर माग पूरानभएपछि उनीहरु काठमाडौंको माइतीघरमा आन्दोलनमा छन् ।