बालिकामाथि यौन दुरुपयोग गरेको आरोपमा एक पुरुष पक्राउ


Capital Headline
प्रकाशित मिति : बुधबार, बैशाख २१ २०७९
4.6K
SHARES

२१ वैशाख काठमाडौं । ११ वर्षीया बालिकालाई यौन दुरुपयोग गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा टेम्के मैयुङ गाउँपालिका–१ रिमचिम बस्ने ५७ वर्षीय कृष्णदेव राई रहेका छन् ।

उनलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको हो ।  राईले ती बालिकालाई शनिबार दिउँसो पीडितकै घरमा यौन दुरुपयोग गरेको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय दिल्पाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।