माधव नेपाल : ओलीको व्याख्या शेष नागले त गर्न सक्दैनन्, म कसरी गरूँ ?


Capital Headline
प्रकाशित मिति : बिहिबार, बैशाख २२ २०७९
3.6K
SHARES

२२ वैशाख काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई गफाडीको आरोप लगाएका छन् ।  चितवनको भरतपुर महानगरपालिकामा बिहीबार आयोजित पाँच दलीय गठबन्धनको कार्यक्रममा उनले ओलीले गफले नै मान्छे भुल्याउन सक्ने बताए । “गफमा उनलाई कसैले सक्दैन । गफमा उनले विद्यावारिधि गरेका छन् । त्यसैले मान्छे भुल्याउन सक्दछन्,” नेपालले भने ।

अध्यक्ष नेपालले ओलीको व्याख्या हजार जिब्रा  भएका शेष नागले समेत गर्न नसक्ने भन्दै कटाक्ष समेत गरे । “केपी ओलीको बखान गर्नु जरुरी छैन । हजार जिब्रा भएका शेष नागले उनको व्याख्या गर्न सक्दैनन्,” उनले भने, “म कसरी गर्न सक्छु ? उनी त बलयगाडा दर्शनका प्रवर्तक हुन् । बलयगाडा चढेर वासिङटन जानु र नेपालमा राजा फाल्नु एउटै कुरा हुन् भन्ने व्यक्ति ।”