काठमाडौंमा महिला मेयर आउने निश्चित भयो – नेता श्रेष्ठ


Capital Headline
प्रकाशित मिति : बिहिबार, बैशाख २२ २०७९
9.2K
SHARES

२२ वैशाख काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले सिर्जना सिंहको विजय निर्विवाद भएको बताएका छन्।  गोरखा काठमाडौं चुनाव प्रचार–प्रसार समूहले आयोजना गरेको कार्यक्रममा उनले काठमाडौंमा पहिलो पटक महिला मेयर आउने निश्चित भएको बताए ।

सिर्जना सिंहलाई गणेशमान सिंह परिवार भनेर उम्मेदवार बनाएको भन्ने आरोप मिथ्या भएको श्रेष्ठले बताए।  प्रकाशमानभन्दा सिर्जनाको राजनीति यात्रा लामो रहेको श्रेष्ठले बताए । ‘मैले नेपाली काँग्रेसमा गोरखाबाटै राजनीति सुरु गरेको हो, सोही समयमा सिर्जना श्रेष्ठ काँग्रेसको राजनीतिमा सक्रिय हुनुहुन्थ्यो,’ श्रेष्ठले भने।

सिंहको जित संविधान र लोकतन्त्रको समेत जित हुने भएकोले पनि जित अनिवार्य सर्त रहेको श्रेष्ठले बताए।  श्रेष्ठले सिंहको प्रतिस्पर्धी केशव स्थापित अवसरवादीको पराकाष्ठा भएको बताए । स्थापित जस्तो हावादारी उम्मेदवारलाई जनतालाई भोट नदिने श्रेष्ठको दाबी छ।