दिदी–बहिनी, भाउजू र आमा’बनेर काम गर्नेछु – सिर्जना सिंह


Capital Headline
प्रकाशित मिति : शुक्रबार, बैशाख २३ २०७९
6.1K
SHARES

२३ वैशाख काठमाडौं । आसन्न स्थानीय तह निर्वाचनका लागि गठबन्धनका तर्फबाट काठमाडौं महानगरपालिका प्रमुख पदका उमेदवार सिर्जना सिंहले मतदाताको शिर निहुरिने गरी  काम नगर्ने बताएकी छिन् ।

शुक्रबार काठमाडौंको शान्तिबाटीकामा चुनावी गठबन्धनले आयोजना गरेको सभालाई सम्बोधन गर्दै उनले नगरबासी जनताको र मतदाताको दिदी–बहिनी, भाउजू, आमा बनेर काम गर्ने पनि बताइन् । सिंहले महानगरमा महिलाले पार्टीको तर्फबाट टिकट पाउनुनै जित भएको भन्दै सबैले गौरव महसुस गर्नुपर्ने भन्दै महिला आन्दोलनको जित भएको बताइन् । महानगरमा सुशासन र भ्रष्टचार मुक्त बनाउने आफ्नो प्रमुख दायित्व भएको भन्दै उनले फोहोर र अस्तव्यस्त महानगरलाई व्यवस्थित गर्ने दाबी गरिन् ।

“बाटोको समस्या सडक विभागसँग समन्वय गरेर समाधान गर्छु । ट्राफिक व्यवस्थापन गर्दै सार्वजनिक यातायात चलाएको चलाएै गरेर यात्रुलाई सेवा दिन्छु,” उनले भनिन्, “एकल महिला र विधुर पुरुषलाई राहतको प्याकेज ल्याउनेछु । महिला दिदी–बहिनीले उत्पादन गरेर समाना कोसेली घर बनाएर अन्तर्राष्ट्रिय बजारसम्म पुर्याउँछु ।”

प्रमुख पदकी उमेदवार सिंहले महानगरमा मौलिक संस्कृति र कलाको विकास गर्ने भन्दै नगरलाई व्यापारिक हब बनाउने र २४ सै घण्टा बजार खुल्ने गरी वातावरण मिलाउने बताइन् ।