गठबन्धनविरुद्ध बोल्नेलाई कारबाही गर्छौ – सभापति देउवा
Capital Headline
प्रकाशित मिति :
शनिबार, बैशाख २४ २०७९
2.9K
SHARES
२४ वैशाख काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धनको विरुद्धमा बोल्नेलाई कारबाही गर्ने चेतावनी दिएका छन् ।
गठबन्धनको विरुद्धमा बोल्ने र पार्टी बाहिर गएर उमेदवारी दिनेलाई पार्टीमा कुनै स्थान नरहेको बताए ।
“लोकतन्त्र संस्थागत गर्नका लागि गरिएको गठबन्धनविरुद्ध बोल्ने वा पार्टी बाहिर गएर उमेदवारी दिनु सह्य हुने छैन,” उनले भने, “समय अनुसार कारबाही हुन्छ । कतिलाई केन्द्रीय कमिटीले कारबाही गरिसक्यो ।”
नागरिकता समस्या समाधान गर्न सरकार गम्भीर रहेको र नागरिकताबाट कुनै पनि नागरिक बञ्चित नरहने उनले बताए । नागरिकता पाएका आमा बुवाको छोराछोरीले नागरिकता पाउने उनले आश्वासन दिए ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट