नेपाललाई विश्वकै सर्वश्रेष्ठ देश बनाउन एमाले चाहन्छ – अध्यक्ष ओली


Capital Headline
प्रकाशित मिति : आइतबार, बैशाख २५ २०७९
2.7K
SHARES

२५ वैशाख काठमाडौ । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीले देशलाई विश्वकै सर्वश्रेष्ठ बनाउन चाहेको बताएका छन् । आइतबार ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यलयमा आयोजित पत्रकार सम्मेलनमा उनले भने, “नेकपा (एमाले), विकास, सुशासन र मानव सुखका दृष्टिले विश्वकै सर्वश्रेष्ठ देश बनाउन चाहन्छ ।”

राष्ट्रिय संकल्प कार्यान्वयन गर्न एउटा दल चाहिने र त्यो एमालेले मात्रै गर्ने उनको जिकिर छ । “हामी नेपाललाई राष्ट्रिष्य स्वाभिमानसहितको एवं गर्विलो राष्ट्र बनाउन चाहन्छौँ । त्यो एमालेबिना सम्भव छैन,” ओलीले भने ।