आज सत्ता गठबन्धनको पोखरा र तुलसीपुरमा चुनावी सभा


Capital Headline
प्रकाशित मिति : आइतबार, बैशाख २५ २०७९
2.3K
SHARES

२५ वैशाख काठमाडौं । सत्ता गठबन्धनको आज कास्कीको पोखरा र दाङको तुलसीपुरमा चुनावी सभा गरिँदै छ । निर्धारित कार्यतालिका अनुसार बिहान ११ बजे पोखरा र दिउँसो २ बजे तुलसीपुरमा कार्यक्रम हुनेछ ।

सभालाई प्रधानमन्त्री समेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, कांग्रेस नेता रामचन्द्र पौडेललगायत नेताहरूले सम्बोधन गर्नेछन् । यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनलाई लक्षित गरेर विभिन्न पार्टीहरूले विभन्न स्थानमा आमसभा गरिरहेका छन् ।