देउवा प्रचण्डले धम्क्याएपछि देउवा थुरथुर भए – अध्यक्ष ओली


Capital Headline
प्रकाशित मिति : आइतबार, बैशाख २५ २०७९
4K
SHARES

२५ वैशाख काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चितवनमा थर्काएपछि प्रधानमन्त्री शेरबहादुर देउवा थुरथुर भएर डराएको बताएका छन् । पार्टीका तर्फबाट आइतबार आयोजित पत्रकार सम्मेलनमा ओलीले प्रधानमन्त्री देउवा डराएर प्रचण्डले भनेअनुसार नै बोल्न थालेको बताए ।

“चितवनमा प्रचण्डले रेनु र चित्रसेनलाई जिताए म प्रफुल्लित हुन्छु, रेनुलाई भोट नहाले देश दुर्घटनामा जान्छ भन्दै धम्की दिए । त्यसबाट प्रधानमन्त्री डराएछन्,” ओलीले भने, “काठमाडौं आएपछि त प्रधानमन्त्री देउवाले रेनुलाई प्रचण्डले होइन, मैले उठाएको हुँ भने ।” उनले प्रचण्डले पनि सिर्जना सिंहलाई प्रकाशमानकी श्रीमती भनेर बुझ्न नहुने बताएको भन्दै व्यंग्य गरे ।