एक नम्बरको पार्टी हो – अध्यक्ष ओली


Capital Headline
प्रकाशित मिति : बिहिबार, जेष्ठ १२ २०७९
4.5K
SHARES

१२ जेठ काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तह निर्वाचनमा ‘पपुलर’ मत आफ्नो पार्टीले नै पाएको बताएका छन् । बिहीबार प्रतिनिधिसभामा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा उनले एमाले पहिलो पार्टी नै भएको जिकिर गरे ।

“उधुमै चर्चा चल्यो । नेकपा (एमाले) ध्वस्तै भयो, समाप्तै भयो, बजारमा माहोल खडा गरिएको छ, एमाले समाप्तै भए जसरी,” ओलीले भने, “केही सिटले एमाले पछि परेको छ । लोकप्रिय, पपुलर भोटमा अहिले पनि अरू सबै पार्टीभन्दा एमाले अगाडि छ । एमाले एक नम्बर पार्टी हो ।”