यी चार पालिकाको मत परिणाम आउन बाँकी


Capital Headline
प्रकाशित मिति : बिहिबार, जेष्ठ १२ २०७९
4.7K
SHARES

१२ जेठ काठमाडौं । स्थानीय तह निर्वाचनअन्तर्गत अब काठमाडौं महानगरपालिकासहित चार पालिकाको अन्तिम परिणाम आउन बाँकी रहेको छ । गएकोृ वैशाख ३० गते भएको निर्वाचनको मतगणनाबाट ७५३ पालिकामध्ये ४६० गाउँपालिका र २८९ नगरपालिका गरी ७४९ पालिकाको अन्तिम मत परिणाम निर्वाचन आयोगको सूचना प्रणालीमा प्रविष्ट भइसकेको छ ।

आज दिउँसो १ बजेसम्मको विवरणमा मतगणना जारी रहेकामध्ये अन्तिम परिणाम आउन बाँकी पालिकामा वाग्मती प्रदेशमा काठमाडौं महानगरपालिका, प्रदेश नम्बर–१ मा उदयपुरको त्रियुगा नगरपालिका र लुम्बिनी प्रदेशमा रुपन्देहीको तिलोत्तमा नगरपालिका रहेको छ ।

सुदूरपश्चिम प्रदेशको बाजुराको बूढीगंगा नगरपालिकामा भएको मतदानबारे विवाद भएकाले पुनः मतदान या वैशाख ३० गतेको मतदानका आधारमा गणना भन्ने बारेमा आयोगले चाँडै निर्णय गर्ने जनाइएको छ । रासस