बालेन मेयर घोषणा हुन मात्र बाँकी


Capital Headline
प्रकाशित मिति : बिहिबार, जेष्ठ १२ २०७९
4K
SHARES

१२ जेठ काठमाडौं । स्थानीय तह निर्वाचनअन्तर्गत काठमाडौं महानगरपालिकाको मतगणना अन्तिम चरणमा पुगेको छ । अब ७०० मत मात्र गन्न बाँकी छ । पछिल्लो गणनाअनुसार प्रमुख पदमा स्वतन्त्र उमेदवार बालेन्द्र शाह (बालेन)को ६१ हजार ३९० मतसहित जित निश्चित भइसकेको छ ।

नेपाली कांग्रेसकी उमेदवार सिर्जना सिंहले ३८ हजार १८७ मत पाएकी छन् । नेकपा (एमाले)का उमेदवार केशव स्थापित ३७ हजार ९४४ मतका साथ तेस्रो स्थानमा छन् ।