प्रधानमन्त्री देउवाले बोलाए मन्त्रिपरिषद् बैठक
१५ जेठ काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् बैठक बोलाएका छन्। बैठक दिउँसो २ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्नेगरि बोलाइएको छ। सरकारको आउँदो आर्थिक वर्षको बजेटबारे निर्णय गर्न मन्त्रिपरिषद्को बैठक बस्न लागेको हो।
बैठकले बजेटको आकारबारे अन्तिम निर्णय गर्नेछ। संसद्मा बजेट प्रस्तुत गर्न अर्थमन्त्रीलाई स्वीकृति प्रदान गर्नेलगायत निर्णय गर्नेछ। आजै अपराह्न ४ बजे बस्ने संघीय संसद्का दुवै सदनको संयुक्त बैठकमा अर्थमन्त्री जनार्दन शर्माले बजेट प्रस्तुत गर्ने कार्यसूची रहेको छ।