म गरिब देशको वृद्धभत्ता लिन्न – डा. भट्टराई


Capital Headline
प्रकाशित मिति : आइतबार, जेष्ठ १५ २०७९
9.9K
SHARES

१५ जेठ काठमाडौ । आज पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराईले सरकारले प्रस्तुत गरेको बजेट मध्यमस्तरको भएको प्रतिक्रिया दिएका छन् । बजेट वक्तव्यपछि सञ्चारकर्मीहरूलाई संक्षिप्त प्रतिक्रिया दिँदै डा.भट्टराईले आफुले बजेटलाई ५ नम्बर गर्ने बताए ।

उनले आर्थिक विकासको प्रस्थान विन्दु बन्न सक्ने जस्तो नलाग्दै भन्दै कृषि योजना प्रशंसनीय रहे बताए । त्यस्तै उनले विद्युत निर्यात योजना बजेटको सकारात्मक पक्ष भएपनि गुणात्मक नीति नआएको बताए । उनले वैज्ञानिक भूमिसुधार कार्यक्रम आएनन्, त्यो नआएसम्म परिणात्मक फड्को मार्न नसकिने पनि बताए ।

‘सामान्य सुधारात्मक कुरा गरेर वैदेशिक लगानी आउँछ, उद्योग खुल्छन् भन्ने लाग्दैन’, भट्टराईको भनाइ छ ।  भट्टराईले सामाजिक सुरक्षा कार्यक्रम अन्तर्गतको बृद्ध भत्ताको उमेर घटाइएको भन्दै आफुले उक्त रकम नलिने घोषणा गरे । ‘सामाजिक सुरक्षा भत्ता ६८ बर्ष घटाउनुपर्ने थिएन । मैले पनि पाउने भए । म गरिव देशको बृद्ध भत्ता नलिने घोषणा गर्छु’ भट्टराईको भनाइ छ ।