तपाईंको प्रतिक्रियाले अर्थतन्त्रको संरचना र सम्भावना बदलिँदैन


Capital Headline
प्रकाशित मिति : मंगलबार, जेष्ठ १७ २०७९
5.1K
SHARES

१७ जेठ काठमाडौं । सत्तारूढ दल नेपाली कांग्रेसका सांसद डा. मीनेन्द्र रिजालले पूर्वअर्थमन्त्री युवराज खतिवडाको भूमिका बदलिएसँगै बोल्ने भाषा र गर्ने टिप्पणी बदलिएको बताएका छन् ।

मंगलबार प्रतिनिधिसभाको बैठकमा आउँदो आर्थिक वर्षको बजेटमाथिको सैद्धान्तिक छलफलकाक्रममा उनले तीनवटा बजेट प्रस्तुत गर्ने अर्थमन्त्री खतिवडाले दिएको अन्तर्वार्ता र टिप्पणीमा खासै फरक नभएको बताए ।

उनले खतिवडाको टिप्पणीले अर्थतन्त्रको संरचना र सम्भावना नबदिले भएकाले टिप्पणी सन्तुलित गर्न आग्रह पनि गरे ।