मावि शिक्षकको लिखित परीक्षाको नतिजा सार्वजनिक


Capital Headline
प्रकाशित मिति : शुक्रबार, जेष्ठ २७ २०७९
4.5K
SHARES

२७ जेठ काठमाडौं। शिक्षक सेवा आयोगले मावि शिक्षकको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ। माध्यामिक तह, प्रथम श्रेणी शिक्षक पदको आन्तरिक प्रतियोगितात्मक लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको हो। आयोगले २०७८ चैत २१ गते परीक्षा सञ्चालन गरेको थियो।

आयोगले जारी गरेको सूचना अनुसार पाँचथर, झापा, तेह्रथुम, धनकुटा, मोरङ, सुनसरी, धनुषा, रौतहट, बारा, पर्सा, काभ्रे, भक्तपुर, काठमाडौं, ललितपुर र चितवनका ४७ जनाको अन्तर्वार्ता असार २१ गते बिहान ८ बजे हुने छ।

यसैगरी लमजुङ, कास्की, बाग्लुङ, पर्वत, पाल्पा, गुल्मी, रोल्पा, दाङ, सल्यान, जाजरकोट, दैलेख, सुर्खेत, बझाङ, कैलाली, दार्चुला र डडेलधुराका ४७ जनाको अन्तर्वार्ता असार २१ गते दिउँसो १ बजे हुने छ । अन्तर्वार्ता परीक्षा शिक्षा सेवा आयोगको कार्यालय सानोठिमी भक्तपुरमा हुने सूचनामा उल्लेख छ।

Mabi antarik result