खेलाडीलाई प्रशिक्षकले क्याम्प छोड्न लगाएका थिए – नवयुग


Capital Headline
प्रकाशित मिति : बिहिबार, असार २ २०७९
2.4K
SHARES

२ असार काठमाडौं। नेपाली राष्ट्रिय फुटबल टोलीका कप्तान नवयुग श्रेष्ठले मुख्य प्रशिक्षक अब्दुल्लाहले खेलाडीहरुलाई क्याम्प छोड्न बाध्य पारेको बताएका छन् । एएफसी एसियन कप छनोट खेल खेलेर नेपाल फर्केका कप्तान नवयुगले पत्रकारहरुसँग कुरा गर्दै त्यो समयमा आफूपनि क्याम्पमा नै भएका कारण खेलाडीलाई प्रशिक्षकले नै क्याम्प छोड्न बाध्य बनाएको बताए ।

‘खेलाडीहरु आफै निस्केको होइन । म पनि थिए त्यति खेर । प्रशिक्षकसँग खटपट हुँदा प्रशिक्षकले तिमीहरु जान सक्छौ भनेर भन्नु भएको थियो । त्यसपछि खेलाडीहरु निस्केका हुन,’ नवयुगले भने । नवयुगले त्यसपछिको विवादका बारेमा आफूलाई केही पनि थाहा नभएको बताए । उनले खेलाडीहरु प्रति प्रशिक्षकले गरेको व्यावहार चित्त नबुझ्दो भएको बताए । कप्तान नवयुगले सिनियर खेलाडीहरु टिममा भएको भए प्रदर्शन अझै राम्रो हुने बताए । अनुभवी खेलाडीको टिममा अभाव खड्केको बताए ।