ट्रकबाट खोसे किसानले रासायनिक मल


Capital Headline
प्रकाशित मिति : शनिबार, असार ४ २०७९
7.4K
SHARES

४ असार धादिङ । धादिङको धार्केमा स्थानीयले ट्रकबाटै रासायनिक मल खोसेका छन् । काठमाडौं जाँदै गरेका २ वटा ट्रक रोकेर स्थानीय किसानले रासायनिक मल लगेको विवरण प्राप्त भएको धादिङका प्रहरी नायब उपरीक्षक जागेश्वर भण्डारीले उज्यालोलाई जानकारी दिए । घटनाको विस्तृत विवरण आइसकेको छैन ।

ट्रकमा रहेको मल सबै प्रक्रिया पूरा गरेर काठमाण्डौ लगिँदै थियो या कर छलिको थियो भन्ने विषयमा अनुसन्धान भइरहेको डीएसपी भण्डारीले बताए ।

सामाजिक सञ्जालमा सार्वजनिक भएको भिडिओमा स्थानीयले ट्रकबाट मल खोसिरहेको र सशस्त्र प्रहरीले हस्तक्षेप गरेको देखिएको छ ।