त्रिभुवन विश्वविद्यालयलाई सुविधा सम्पन्न शैक्षिक संस्थाका रूपमा विकास गर्दै लैजान्छौँ – प्रधानमन्त्री देउवा
२४ असार काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले त्रिभुवन विश्वविद्यालयलाई आधुनिक सुविधासम्पन्न शैक्षिक संस्थाका रूपमा विकास गर्दै लैजाने बताएका छन् ।
विश्वविद्यालयका कुलपतिसमेत रहेका प्रधानमन्त्री देउवाले त्रिभुवन विश्वविद्यालयको ६३औँ वार्षिक दिवसको अवसरमा आगामी वर्षको बजेट तथा कार्यक्रमले विश्वविद्यालयको प्राज्ञिकस्तरलाई उकास्न तथा विभिन्न भौतिक सुधारमार्फत विश्वविद्यालयलाई आधुनिक सुविधासम्पन्न शैक्षिक संस्थाका रूपमा विकास गर्ने बताए ।
अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्नसक्ने गुणस्तरीय जनशक्ति उत्पादन गर्नेगरी यसका प्राज्ञिक कार्यक्रमलाई थप सुधार र परिमार्जन गर्दै अघि बढ्नुपर्ने उनले बताए ।