मधेशलाई सुख्खाग्रस्त क्षेत्र घोषणा गर्न सांसदहरुको माग
५ साउन काठमाडौं । सांसदहरुले मधेशलाई सुख्खाग्रस्त क्षेत्र घोषणा गर्दै किसानहरुलाई मलखाद र सिंचाइको सहज सुविधा पुर्याउन सरकारको ध्यानाकर्षण गराएका छन् । आजको प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै सांसदहरुले मधेशलाई सुख्खाग्रस्त क्षेत्र घोषणा गर्दै राहत दिन सरकारको ध्यानाकर्षण गराएका हुन् ।
सीमापारीबाट निर्वाध मलखाद ल्याउने व्यवस्था मिलाउन पनि उनले माग गरे । सिमानामा प्रहरीले मलखाद ल्याउनेहरुलाई अवरोध गर्ने गरेको भन्दै उनले प्रहरीलाई अवरोध नगर्न निर्देशन दिनुपर्ने बताए । सांसद राधा ज्ञवालीले पनि खेतीपातीको समयमा मलखाद नल्याउनु सरकारको नालायकीपन भएको बताउँदै अविलम्ब मलखाद ल्याएर किसानहरुलाई उपलब्ध गराउन माग गरिन् ।
जसपाका सांसद रामेश्वर राय यादवले मधेशलाई सुख्खा ग्रस्त क्षेत्र घोषणा गर्न माग गरे । उनले अनिकालबाट जोगाउन, नाम नागरिकलाई भोकमरीबाट जोगाउन सरकारले नहर र डिप बोरिङको व्यवस्था गर्नुपर्ने बताए ।