२२ हजार ६४० जना एसईई परीक्षामा गयल !


Capital Headline
प्रकाशित मिति : बुधबार, साउन ११ २०७९
4.1K
SHARES

११ साउन काठमाडौ । एसईई परीक्षामा २२ हजार भन्दा बढी परीक्षार्थी अनुपस्थित रहेको पाइएको छ । राष्ट्रिय परीक्षा बोर्डले बुधबार सार्वजनिक गरेको नतिजाअनुसार २२ हजार ६४० जना परीक्षार्थी अनुपस्थित भएका हुन् ।

अनुपस्थित भएको जनाउसहित बोर्डले नतिजा सार्वजनिक गरेको हो । अनुपस्थित हुनेमा ११ हजार ९३७ जना छात्रा र १० हजार ७०२ जना छात्र रहेका छन् । जुन कुल परीक्षार्थीको २.७२ प्रतिशत हुन आउँछ ।