धान गोड्नमा व्यस्त खोकना


Capital Headline
प्रकाशित मिति : बिहिबार, साउन २६ २०७९
5.9K
SHARES

२६ साउन काठमाडौं । ललितपुरको खोकनाका किसान अहिले धान गोड्न मै व्यस्त भएका छन् । जेठको अन्त्य र असारको पहिलो सातातिर खेतमा धान रोपेका किसानहरू अहिले गोडमेल गर्न र मल हाल्नको लागि खेतमा व्यस्त देखिन्छन् ।

घामलाई बादलको घुम्टोले छोपेपछि गोडमेल गर्न थाल्ने यहाँका किसानहरूको दिनचर्या भइसकेको छ । धानका हरिया बोट अहिले खेतका गरामा हावाको वाहवसँगै सर्सराउँदा निकै मनमोहक पनि देखिन्छ ।