मिटरब्याजी अनिरुद्ध साह प्रहरी नियन्त्रणमा


Capital Headline
प्रकाशित मिति : आइतबार, भाद्र ५ २०७९
6K
SHARES

५ भदौ महोत्तरी। चर्को ब्याजदरमा ऋण लगानी गरि उठिवास गराएको आरोपमा महोत्तरी प्रहरीले एकजना मिटरब्याजीलाई नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय महोत्तरीका अनुसार पक्राउ पर्नेमा भंगहा नगरपालिका- ५ सिद्धपुर घर भएका अनिरुद्ध साह हुन्।

महोत्तरीका प्रहरी उपरीक्षक कृष्णप्रसाद पंगेनीका अनुसार पक्राउ परेका साहमाथि ठगी तथा अपराधी विश्वासघात कसुरमा कारबाही गरिनेछ। चर्को ब्याजदरमा ऋण लगानी तथा ठगी जालसाजी गरी गरिब विपन्नको उठिबास गराउने लामोसमयदेखि धन्धा चलाएको आरोप उनिमाथि छ।

सुदखोर अनिरुद्धले गैरकानुनी रुपमा चर्को ब्याजदरमा भंगहा गरपालिका लगायत महोत्तरी, धनुषा, सर्लाहीदेखि झापासम्म ऋण लगानी गर्ने गरेको बताइएको छ। गरिब तथा विपन्न परिवारलाई परेको अप्ठ्यारोको मौका छोपेर चर्को ब्याजमा अर्थात १२ गुनासम्मको तमसुक बनाउने, साँवाको ब्याजको स्याजसमेत असुल गर्ने र कानुनी प्रक्रियाबाट सम्पति हड्पने आरोप उनिमाथि छ।