कक्षा १२ को नतिजा सार्वजनिक, यसरी हेर्ने नतिजा
१७ भदौ काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । केहीबेर अघि बसेको बोर्ड बैठकपछि नतिजा सार्वजनिक गरिएको हो । नतिजा वेबसाइट तथा एसएमएसमार्फत हेर्न सकिने छ ।
गत जेठ १५ देखि २५ गतेसम्म सञ्चालन भएको कक्षा १२ को परीक्षामा चार लाख १० हजार ५० परीक्षार्थी सहभागी भएका थिए ।
कसरी हेर्ने नतिजा ?
वेबसाइट
१. राष्ट्रिय परीक्षा बोर्डको वेबसाइट : http://www.neb.gov.np/results
२. नेपाल टेलिकमको वेबसाइट : https://www.neb.ntc.net.np/
एसएमस सेवा
१. नेपाल टेलिकमको १६०० मा SMS गर्ने तरिका NEB <space> Symbol No. टाईप गरी १६०० मा SMS गर्ने ।
आईभीआर सेवा
१. नेपाल टेलिकमको १६०१ नम्बरमा डायल गरी प्राप्त निर्देशानुसार नतिजा प्राप्त गर्न सकिने छ ।