यस कारण प्रतिनिधिसभा बैठक बस्दै नबसी स्थगित


Capital Headline
प्रकाशित मिति : बिहिबार, भाद्र ३० २०७९
1.8K
SHARES

३० भदौ काठमाडौं । प्रतिनिधिसभाको आजका लागि निर्धारित बैठक स्थगित गरिएको छ । बैठक बस्दै नबसी स्थगित गरिएको हो । बिहीबार दिउँसो १ बजे बस्ने गरी निर्धारित बैठक विशेष कारणवश बस्न नसक्ने भएको प्रतिनिधिसभाका सचिव गोपालनाथ योगीले जानकारी दिए । उनका अनुसार प्रतिनिधिसभा बैठक अब शुक्रबार (भोलि) बिहान ११ बजे बस्ने गरी निर्धारण गरिएको छ ।

“मिति २०७९ साल भदौ ३० गते बिहीबार दिनको १ः०० बजे बस्ने गरी निर्धारण भएको प्रतिनिधिसभाको बैठक विशेष कारणवश बस्न नसक्ने भएकोले प्रतिनिधिसभा नियमावली, २०७५ को नियम ६ को उपनियम (३) बमोजिम सम्माननीय सभामुखज्यूले उक्त बैठक मिति २०७९ साल भदौ ३१ गते शुक्रबार बिहान ११ः०० बजे बस्ने गरी निर्धारण गर्नुभएको व्यहोरा मा. सदस्यहरुको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ,” योगीले जारी गरेको सूचनामा उल्लेख छ ।