जर्मनीमाथि जापानको रोमाञ्चक जित


Capital Headline
प्रकाशित मिति : बुधबार, मंसिर ७ २०७९
2.1K
SHARES

७ मंसिर काठमाडौं । फिफा विश्वकप २०२२ मा जापानले जर्मनीमाथि रोमाञ्चक जित हात पारेको छ।बुधबार साँझ भएको खेलमा जापानले एक गोलले पछि परेको स्थिति उल्टाउँदै २-१ गोलको जित निकालेको हो।

समूह ‘ई’ को खेलमा जर्मनीले खेलको ३३ मिनेटमा पेनाल्टी गोलमार्फत अग्रता लिएको थियो। गुन्डोआनले जर्मनीका लागि गोल गरेका थिए।जापानले ७५ मिनेटमा बराबरी गोल फर्कायो। जापानका लागि रिस्तु डोआनले बराबरी गोल गरेका थिए।

८३ मिनेटमा ताकुमा असानोले अर्को गोल गरेपछि पूर्व विश्वविजेता जर्मनी दबाबमा परेको थियो।अन्त्यसम्म पनि जापानले आफ्नो अग्रता कायम राखेपछि जर्मनी विश्वकप २०२२ को पहिलो खेलमै पराजित हुन बाध्य भयो।

खेलमा जर्मनीले २५ पटक गोलका लागि प्रयास गर्दा ८ प्रहार  अन टार्गेन हानेको थियो।जापानले भने ११ प्रहार मध्ये तीन प्रहार अन टार्गेन हानेको थियो। जसमा दुई प्रहार गोलमा परिणत भएका थिए।