स्पेनलाई हराउँदै मोरोक्को क्वार्टरफाइनलमा


Capital Headline
प्रकाशित मिति : मंगलबार, मंसिर २० २०७९
3.8K
SHARES

२० मंसिर काठमाडौं । कतारमा जारी विश्वकप फुटबलमा पूर्वविजेता स्पेनलाई हराउँदै मोरोक्को क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।  निर्धारित समय र अतिरिक्त समयको खेल गोलरहित बराबरीमा सकिएपछि पेनाल्टी सुटआउटमा पुगेको खेलमा मोरोक्कोले बाजी मारेको हो ।

कतारको एजुकेसन सिटी रंगशालामा जारी खेलको निर्धारित ९० मिनेट र इन्जुरी टाइममा पनि दुवै टिमबाट गोल हुन नसकेपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो ।  अतिरिक्त समयको ३० मिनेटमा पनि दुवै टिम बराबरीमा रोकिए खेलको निर्णय पेनाल्टीबाट हुनेछ ।

मोरोक्को समूह ‘एफ’ को विजेताको रूपमा र स्पेन समूह ‘ई’ को उपविजेताको रूपमा प्रिक्वार्टरफाइनल आएका हुन् ।

मोरोक्को विश्वकपको इतिहासमा हालसम्म क्वार्टरफाइनल पुग्न सकेको छैन । आजको खेलमा जित निकाले मोरोक्को विश्वकपको इतिहासमा क्वार्टरफाइनल खेल्ने चौथो अफ्रिकी टिम बन्ने छ । यसअघि अफ्रिकाबाट घाना, सेनेगल र क्यामरूनले मात्र विश्वकपको क्वार्टरफाइनल खेलेका थिए ।

यता स्पेन भने सन् २०१० मा विश्वकपको उपाधि जितेयता विश्वकपको क्वार्टरफाइनल पुग्न सकेको छैन ।आजको खेलमा जित निकाल्ने टिमले सेमिफाइनल प्रवेशका लागि पोर्चुगल र स्विट्जल्यान्डबीचको विजेतासँग खेल्नेछ