फ्रान्स सेमिफाइनलमा


Capital Headline
प्रकाशित मिति : आइतबार, मंसिर २५ २०७९
2.9K
SHARES

२५ मंसिर काठमाडौं । विश्वकप फुटबल प्रतियोगिता अन्तर्गत भएको अन्तिम क्वाटरफाइनल खेलमा फ्रान्सले इंग्ल्यान्डलाई २-१ ले पराजित गर्दै सेमिफाइनल प्रवेश गरेको छ। साविक च्याम्पियन फ्रान्सलाई अन्तिम चारमा पुर्‍याउने क्रममा औरेलेनी टचौमेनी र ओलिभर जिरुडले गोल गरे।

इंग्ल्यान्डले भने पेनाल्टीमार्फत बराबरीको सुन्दर मौका चुकाएको थियो। पहिलो गोल ह्यारि केनले पेनाल्सटीमानै दुपयोग गर्दै खेल १-१ को बराबरी गरेपनि फ्रान्स लिएको दोस्रो पटकको अग्रतालाई पनि बराबरी गर्ने मौका भने केनले चुकाए। उनले ८४ औ मिनेटमा पेनाल्टीको अर्को मौका गुमाउन पुगेका थिए। जसका कारण निर्धारित समयको सम्भावित बराबरीको मौकाबाट इंग्ल्यान्ड चुकेको थियो।

त्यसअघि पहिलो हाफमा फ्रान्सले इंग्ल्यान्ड विरुद्ध अग्रता बनाएको थियो। साविक च्याम्पियन फ्रान्सलाई औरेलेनी टचौमेनीले १७ मिनेटमानै गोल गर्दै अग्रता दिलाएका थिए। उनले ग्रिजम्यानको पासलाई सदुपयोग गर्दै डिबक्स बाहिरबाट गरेको शक्तिसालि प्रहार गोलमा परिणत गरेका थिए।

तर खेलमा फर्कने क्रममा ५४ औ मिनेटमा पेनाल्टी मार्फत खेललाई १-१ गोलको बराबरीमा ल्याएका थिए। तर जिरुडले ७८ औ मिनेटमा फ्रान्सलाई पुन अग्रता दिलाएका थिए। तर उनको अग्रतालाई पुन बराबरी गर्ने मौका चुकाएसँगै इंग्ल्यान्ड विश्वकप फुटबलमा लगातार दोस्रो पटक सेमिफाइनलबाट बाहिरियो।

फ्रान्सले अब फाइनल प्रवेशका लागि अफ्रिकन टिम मोरक्कोसँग प्रतिस्पर्धा गर्ने छ। पोर्चुगललाई हराउँदै मोरक्कोले सनसनीपूर्ण प्रदर्शन गर्दै अन्तिम चारमा प्रवेश गरेको हो।