१ अर्ब ११ करोडको सेयर किनबेच


Capital Headline
प्रकाशित मिति : बिहिबार, पौस ७ २०७९
2.6K
SHARES

७ पुस काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयरबजारमा १ अर्ब ११ करोड ९७ लाखको सेयर कारोबार भएको छ।  सूचक ०.०१ अंकले घटेर १८६७.२१ विन्दुमा आए पनि कारोबार रकम केही बढेको हो।  बिहीबार ७६ कम्पनीको सेयर बढेको छ भने १२४ वटाको घटेको छ। त्यस्तै ११ वटाको उही मूल्यमा कारोबार भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ। बजारमा आज ३१ लाख कित्ता सेयर बिक्री भएका छन्।

आज कमाउने लगानीकर्तामा सृजनशील लघुवित्त, धौलागिरि लघुवित्त, आदर्श लघुवित्त, कालिका पावर र नेरुडे लघुवित्तका छन्। उनीहरुले १० प्रतिशतसम्म कमाएका छन्।  आज गुमाउने लगानीकर्ताले ७.७० प्रतिशतसम्म गुमाएको नेप्सेले जनाएको छ।  आज पनि नेपाल टेलिकमको सर्वाधिक कारोबार भएको छ। कम्पनीको १४ करोडको सेयर किनबेच भएको हो।