म्यानचेस्टर सिटीले चेल्सीलाई हरायो


Capital Headline
प्रकाशित मिति : शुक्रबार, पौस २२ २०७९
2.2K
SHARES

२२ पुस काठमाडौं । इङ्लिस प्रिमियर लिग फुटबलअन्तर्गत शुक्रबार बिहान भएको खेलमा डिफेन्डिङ च्याम्पियन म्यानचेस्टर सिटीले चेल्सीलाई हराएको छ। पाहुना टोली सिटीले १-०  साँघुरो जित निकाल्ने क्रममा खेलकव दोस्रो हाफसम्म कुर्नुपर्यो। सिटीलाई जिताउन बेन्चबाट आएका रियाद महाराजेले निर्णायक गोल गरे। काउन्टर एट्याकका क्रममा बेन्चबाटै आएका ज्याक ग्रेलिसले खेलको ६३ औँ मिनेटमा दिएको क्रस पासलाई सदुपयोग गर्दै महारेजले महत्वपूर्ण जित दिलाए।

पहिलो हाफमा चेल्सीको दबाबमा परेको सिटीले दोस्रो हाफमा लयमा फर्किँदै नतिजा पनि आफ्नो पक्षमा पार्न सफल भएको हो। यो जितपछि सिटीले उपाधि होटमा अगाडि रहेको आर्सनलमाथि दबाब बढाएको छ। सिटीले अहिलेसम्म १७ खेलबाट ३९ अंक जोडेको छ।

त्यस्तै पहिलो स्थानमा रहेको आर्सनलले समान खेलबाटै ४४ अंकसहित अग्रता बनाइरहेको छ। आर्सनल र सिटीबीचको अन्तर ५ अंकमा झरेको छ। यसअघि आर्सनलले न्यूकासलसँग बराबरी खेलेको थियो। सिटीसँग पराजित चेल्सी पनि १७ खेलबाट केबल २५ अंक जोड्दै लिगको १० औँ स्थानमा छ। सिटीले यो सिजन खेलाडीमा ठूलो लगानी गरे पनि नतिजा गतिलो निकाल्न सकेको छैन।