मुख्यमन्त्रीमा सहमति जुट्यो, कुन प्रदेशको नेतृत्व कसलाई ?


Capital Headline
प्रकाशित मिति : आइतबार, पौस २४ २०७९
2.6K
SHARES

२४ पुस काठमाडौं । सत्ता गठबन्धनमा प्रदेशको नेतृत्वको भागबन्डामा सहमति जुटेको छ । आइतबार साँझ बालुवाटारमा बसेको बैठकले सहमति जुटाएको हो ।

उच्च स्रोतका अनुसार मधेसमा पहिलो कार्यकाल जसपाले चलाउने भएको छ । दोस्रो कार्यकाल जनमत पार्टीले चलाउने छ । वाग्मतीमा पहिलो कार्यकाल माओवादीले नेतृत्व गर्नेछ । दोस्रो कार्यकाल एमालेले नेतृत्व गर्नेछ ।

गण्डकी र लुम्बिनीमा पूरै कार्यकाल एमालेले नेतृत्व गर्नेछ ।  कर्णालीमा पूरै कार्यकाल माओवादीले नेतृत्व गर्नेछ ।

सुदूरपश्चिममा पहिलो कार्यकाल एमालेले चलाउँदा दोस्रो कार्यकाल माओवादीले चलाउनेछ । प्रदेश १ एमालेले पाइसकेको छ ।