आज नयाँ संसद्को पहिलो बैठक बस्दै
Capital Headline
प्रकाशित मिति :
सोमबार, पौस २५ २०७९
5.7K
SHARES
२५ पुष काठमाडौं। संघीय संसद्को प्रतिनिधिसभातर्फको पहिलो बैठक आज बस्दै छ। संसद सचिवालयका अनुसार दिउँसो १ बजेका लागि बैठक बोलाइएको हो।
बैठकमा सभामुखले राष्ट्रपतिबाट प्राप्त अधिवेशन आह्वान सम्बन्धी पत्रको ब्यहोरा पढेर सुनाउने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ। यस्तै प्रधानमन्त्रीमा पुष्पकमल दाहाल प्रचण्ड नियुक्त भएको पत्र र मन्त्रिपरिषद् गठन भएको जानकारी पनि सदनलाई गराइने छ। सभामुखको अनुपस्थितिमा बैठकको अध्यक्षता गर्न सदस्यहरूको मनोनयन हुने छ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट