प्रधानमन्त्री प्रचण्डलाई नेपालले भने– बोली र व्यवहार एउटै होस्


Capital Headline
प्रकाशित मिति : सोमबार, पौस २५ २०७९
2.7K
SHARES

२५ पुष काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले प्रचण्डलाई बोली र व्यवहार मा समन्जस्यता कायम गर्न आगह्र गरेका छन् । प्रतिनिधिसभाको पहिलो बैठकमा दलीय आधारमा समय पाएका अध्यक्ष नेपालले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदमा जनाएका प्रतिबद्धताअनुरुप अघि बढ्न आग्रह गरे ।

पहिलो वक्ताका रुपमा संसदको रोष्ट्रममा उभिएका प्रधानमन्त्री प्रचण्डले पुरानै राजनीतिले जनतामा जाने अवस्था नरहेको भन्दै परिवर्तनको आवश्यकता बताएका थिए । त्यसको जवाफमा नेपालले बोली र व्यवहार मा समन्जस्यता कायम राख्न आग्रह गरे ।

“प्रधानमन्त्री हुनुभएका पुष्पकमल दाहाल प्रच्ण्डजीलाई हार्दिक बधाइ दिन चाहन्छु । बहुमत छँदै छ विश्वासको मत पाउनुनै हुनेछ,” नेपालले भने, “अघि संबोधनका क्रममा पुरानो अवस्थामा परिवर्तन गर्ने प्रतिबद्धता जनाउनुभएको छ । सुधार गर्छु भन्नुभएको छ । बोली र व्यवहार मा समन्जस्यता कायम होस् ।”