गठबन्धन ‘हाइज्याक’ भएको थियो आज ‘करेक्सन’ भयो – नेता पौडेल


Capital Headline
प्रकाशित मिति : मंगलबार, पौस २६ २०७९
2.9K
SHARES

२६ पुस काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले गठबन्धन हाइज्याक भएको भन्दै त्यसको करेक्सन सुरु भएको बताएका छन् ।

संसद्मा पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिएर बाहिरिने क्रममा संचारकर्मीसँग पौडेलले संविधानका पक्षमा एकजुट भएको बताए ।  उनले प्रचण्डलाई मतदान गरेर संविधान बचाउने र मुलुकको संकट टार्ने प्रयास गरेको पनि बताएका छन् ।

कांग्रेसले राष्ट्रलाई हेरेर, व्यवस्थालाई हेरेर, संविधानमा आएको खतरालाई पनि हृदयंगम गरेर ७० वर्ष लडेर ल्याएको संविधान बचाउनलाई प्रचण्डलाई समर्थन गर्‍यो,” पौडेलले भने, “यही संविधान बचाउन पाँच दलको गठबन्धन बनेको थियो । गठबन्धन हाइज्याक भएको थियो । त्यसको करेक्सनको कदम पनि हो यो । यसले देशको भलो गर्छ ।”

उनले नेपालका राजनीतिक दल एकै ठाउँमा आइपुगेको भन्दै अब एउटै विचार हुनेहरु एकै ठाउँ हुँदै जाने बताए ।