माआोवादीबाट यी नेताहरू मन्त्री बन्दै
काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री भएपनि पार्टीबाट सरकारमा सहभागी हुने मन्त्रीहरुको टुङ्गो लागेको छैन् । उप–प्रधानमन्त्रीका रुपमा नारायणकाजी श्रेष्ठ सरकारमा सहभागी छन् । नेताहरुका अनुसार माओवादीले बढीमा पाँच मन्त्रालय पाउने सम्भावना छ । मन्त्रालयको टुङ्गो भने लागेको छैन ।
यसपटक जनार्दन शर्मा र वर्षमान पुन सरकारमा जाने सम्भावना न्यून रहेको नेताहरु बताउँछन् । शर्मा देउवा नेतृत्वको सरकारमा अर्थमन्त्री थिए । उनको कार्यकाल विवादित बनेको थियो ।
वर्षमानले भने गृहमा दाबी गरेका थिए । तर गृह माओवादीको भागमा नपरेपछि उनी सरकारमा सहभागी हुने सम्भावना न्यून रहेको उनी निकट एक नेताले बताए ।
तर माओवादीबाट शक्ति बस्नेत, रेखा शर्मा, अमनलाल मोदी, महेन्द्रराय यादव , माधव सापकोटा, हितबहादुर तामाङ र सुदन किराती मन्त्री बन्ने सम्भावना छ ।