एमाले सांसद महतोलाई पक्राउ गर्न निर्देशन दिएको गृहमन्त्रीको दावी


Capital Headline
प्रकाशित मिति : बिहिबार, पौस २८ २०७९
3.2K
SHARES

२८ पुस काठमाडौं । गृहमन्त्री रवि लामिछानेले नेकपा एमालेबाट निर्वाचित सांसद लक्ष्मी महतोलाई पक्राउ गर्न प्रहरीलाई निर्देशन दिएको दावी गरेका छन् ।

बुधबार राष्ट्रिय प्रजातन्त्र पार्टीले आयोजना गरेको चियापान कार्यक्रममा पत्रकारहरुले सोधेको प्रश्नको जवाफ दिँदै उनले फौजदारी मुद्दाका आरोपी सांसद महतोलाई पक्राउ गर्न प्रहरीलाई निर्देशन दिइसकेको जिकिर गरे ।हिजो विस्वासको मत दिने दिन महतो संसद भवनमा उपस्थित भएका थिए ।बुधबार पत्रकारहरुले गृहमन्त्री लामिछानेलाई फरार अभियुक्त संसदमै उपस्थित हुँदा पनि किन पक्राउ गर्न सक्नुभएन भनी प्रश्न गरेका थिए । संसदमा महतोलाई आफूले नदेखेको भन्दै लामिछानेले झुट बोलेका थिए ।

मधेश आन्दोलनका क्रममा असई थमन विकलाई घाइते अवस्थामा एम्बुलेन्सबाट निकालेर हत्या गरेको घटनामा सांसद महतो आरोपित छन् । उनी माओवादीका गिरीराजमणि पोखरेललाई पराजीत गर्दै सांसदमा महोत्तरीबाट निर्वाचित भएका थिए ।