गण्डकीमा भोलि सभामुखको निर्वाचन : गठबन्धनबाट कृष्ण धिताल


Capital Headline
प्रकाशित मिति : शुक्रबार, पौस २९ २०७९
3.2K
SHARES

२९ पुस कास्की । सत्तारूढ गठबन्धनबाट गण्डकी प्रदेशको सभामुखमा नेकपा (माओवादी केन्द्र)का कृष्णप्रसाद धिताल उमेदवार बन्ने भएका छन् ।

माओवादी केन्द्र गण्डकी प्रदेश सभा संसदीय दलको शुक्रबार साँझ बसेको बैठकले गोरखा क्षेत्र नम्बर १ (१)बाट प्रदेश सभामा प्रत्यक्ष निर्वाचित धिताललाई सभामुखको उमेदवार बनाउने निर्णय गरेको हो ।

माओवादीका संसदीय दलका नेता एवम् प्रदेश सरकारका बिनाविभागीय मन्त्री हरिबहादुर चुमानले दलको बैठकले सर्वसम्मत उमेदवार तय गरेको जानकारी दिए ।