माओवादीबाट को-को बन्दैछन् मन्त्री ?


Capital Headline
प्रकाशित मिति : शनिबार, पौस ३० २०७९
3.6K
SHARES

३० पुस काठमाडौ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चाँडै नै मन्त्रिमण्डल विस्तार गर्दैछन् । बिहीबार नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गरेका प्रधानमन्त्री प्रमण्डले अबको केही दिन भित्रै मन्त्रमण्डल विस्तार गर्नेछन् ।

धेरै दल सरकारको समर्थनमा रहेकाले अब कुन दलले कति मन्त्री पाउने र को–को मन्त्री बन्ने विषय चासोका साथ हेरिएको छ । यस अर्थमा यतिबेला नेकपा माओवादी केन्द्रले भने रेखा शर्मा, सुदन किराती र महिन्द्रराय यादवलाई मन्त्री बनाउन लागेको स्रोतले जनाएको छ ।

माओवादीले प्रधानमन्त्रीसहित उपप्रधान एवं भौतिक पुर्वाधार तथा यातायात मन्त्रालय लिइसकेको छ । भागबण्डा अनुसार अब माओवादीले ३ मन्त्रालय पाउने छ । जसमा रेखा, सुदन र महिन्द्रको चर्चा चलेको हो ।

सुदन माओवादीमा मन्त्री बन्ने अवसर नपाएका नेता हुन् । उनी भोजपुरबाट हालसम्म ३ पटक निर्वाचित भइसकेका छन् । त्यस्तै रेखा प्रत्यक्षमा निर्वाचित माओवादीकी एकमात्रै महिला सांसद हुन् । उनी एमाले महासचिव शंकर पोखरेललाई पराजित गरेर संसद छिरेकी हुन् ।

त्यस्तै मन्हिन्द्र यादव नेपाल समाजवादी पार्टीका अध्यक्ष हुन् । निर्वाचन अघि डा. बाबुराम भट्टराईसँग पार्टी एकता गरेर यादव नेसपाको अध्यक्ष बनेका थिए ।

अब माओवादी र नेसपाबीच पनि पार्टी एकता हुन लागेकाले यादवलाई मन्त्री बनाउनु पर्ने माओवादीको बाध्यता रहेको छ ।