बालुवाटार बैठक सकियो, भोली १ बजे मन्त्रीहरूको शपथ


Capital Headline
प्रकाशित मिति : सोमबार, माघ २ २०७९
2.9K
SHARES

२ माघ काठमाडौ । शक्ति बाँडफाँटका विषयमा सत्तारूढ दलको चार घण्टा लामो छलफल सकिएको छ। प्रधानमन्त्रीनिवास बालुवाटारमा बसेको बैठकले भागबण्डा टुंग्याएको बुझिएको छ। जसअनुसार मंगलबार दिउँसो १ बजे नयाँ मन्त्रीहरूको शपथ हुनेछ।

बालुवाटार बैठकमा कुन दलले कति मन्त्रालय पाउने भन्ने पनि सहमति भएको छ। सम्बन्धित पार्टीबाट मन्त्री बन्नेहरू नाम प्राप्त भएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ मंगलबार बिहान मन्त्रिपरिषद्लाई पूर्णता दिनेछन्।