एमालेबाट को–को बन्दैछन् मन्त्री ?
३ माघ काठमाडौं । नेकपा एमालेले दुई पटक सांसद भइसकेका व्यक्तिलाई प्राथमिकतामा राखेर मन्त्री बनाउने भएको छ ।
आज हुने मन्त्रिपरिषद् विस्तारमा एमालेका तर्फबाट पदम गिरी, भगवती चौधरी, हरि उप्रेती र बलराम अधिकारी मन्त्री हुने सम्भावना रहेको एमाले स्रोतले बताएको छ ।किरण साह राज्यमन्त्री हुने सम्भावना प्रवल रहेको स्रोतले भन्यो ।
पर्साका राजकुमार गुप्ता पनि राज्यमन्त्रीको चर्चामा छन् । तर, उनको नाम पछिल्लो समय फौजदारी घटनामा जोडिएकाले यसैपटक मन्त्री हुने सम्भावना कम भएको एमाले स्रोतको दाबी छ ।एमालेबाट विष्णु पौडेल उपप्रधानसहित अर्थमन्त्री भइसकेका छन् ।
एमालेले आठ मन्त्री र एक राज्यमन्त्री पाउने सत्तासाझेदार दलहरुबीच सहमति भएको छ । शपथ दिउँसो १ बजे हुने कार्यक्रम तय गरिएको छ ।