गृह मन्त्रालय विधि र पद्धति भन्दा बाहिर जाँदैन – गृहमन्त्री लामिछाने


Capital Headline
प्रकाशित मिति : बिहिबार, माघ ५ २०७९
2.7K
SHARES

५ माघ काठमाडौं। उपप्रधान तथा गृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले गृह मन्त्रालय आफ्नो विधि र पद्धति भन्दा बाहिर नजाने प्रतिवद्धता व्यक्त गरेका छन्।

बिहीबार प्रतिनिधि सभाको बैठकमा सभामुखका उम्मेदवार देवराज घिमिरेको समर्थनमा बोल्दै उनले प्रतिवद्धता व्यक्त गरेका हुन्। नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले फरार रहेका व्यक्ति संसदमा भएको र पक्राउको माग गर्न आग्रह गरेको कुरालाई खण्डन गर्दै उनले विधि र पद्धतिको पक्षमा गृह मन्त्रालय रहेको बताए। गृहमन्त्री लामिछानेले मन्त्रालयले आफ्नो विधिअनुसार काम गर्दा दबार प्रभावमा नपार्न आग्रह गरे।