मलाई उपप्रधानमन्त्री हटाउने भए हटाउँदा भयो – गृहमन्त्री लामिछाने


Capital Headline
प्रकाशित मिति : शनिबार, माघ ७ २०७९
3.2K
SHARES

७ माघ काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले आफैँले उठाउँदै आएका प्रश्नको सामना गरेका छन् । उनले उपप्रधानमन्त्री धेरै भएको जस्तो लागे आफूलाई त्यसबाट हटाए हुने पनि बताएका छन् ।

उपसभामुखको निर्वाचनपछि नयाँ बानेश्वरस्थित संघीय संसद् भवनबाट बाहिरिने क्रममा उनलाई सञ्चारकर्मीले प्रश्न गरेका थिए । विगतमा आफू सञ्चारकर्मी हुँदा उनले धेरै उपप्रधानमन्त्री बनाइँदा सवाल गर्ने गर्थे । शनिबार उनी आफैँले सो प्रश्नको सामना गर्नुपर्‍यो ।

‘हिजो चार उपप्रधानमन्त्री म्यारिज खेल्न बनाएको भन्नुहुन्थ्यो, आज तपाईंको पालामा त्यस्तै भयो’ भन्दै सञ्चारकर्मीले प्रश्न गरेका थिए । जवाफमा उनले भने, “उपप्रधानमन्त्री हटाउने भए मेरोबाट हटाउँदा भयो । राज्यलाइ भार पर्दैन ।”