अखिल (क्रान्तिकारी) का प्रदेश हाक्ने कमाण्डरहरू


Capital Headline
प्रकाशित मिति : शनिबार, माघ ७ २०७९
9.5K
SHARES

७ माघ काठमाडौं । अहिले नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)ले देशभर समानान्तर कमिटी विस्तार गरेको छ।पञ्जा सिंह नेतृत्वको संगठनलाई अस्वीकार गर्दै पवन कार्की नेतृत्वमा देशव्यापी समानान्तर कमिटी विस्तार गरेको हो। यसअघि केन्द्रमा मात्रै समानान्तर समिति थियो।

कार्कीको अध्यक्षतमा बसेको केन्द्रीय आयोग प्रमुखहरू, प्रवक्ता÷ विभागीय प्रमुखहरू, प्रदेश समिति र विश्वविद्यालय राष्ट्रिय समितिका इन्चार्ज रसंयोजकसहितको कार्यालय टिम र विभागीय सचिवहरूको बैठकले समानान्तर कमिटी विस्तार गरेको हो।

बैठकले सातै प्रदेश समितिका इन्चार्ज, जिल्ला समन्वय समितिका संयोजक र सहसंयोजक, महानगरपालिका समितिका संयोजक र सह संयोजक, जिल्ला समन्वय समितिका इन्चार्ज र सहइन्चार्ज तोकेको एक विज्ञप्तिमार्फत् जानकारी गराइएको छ।प्रदेश १ मा दिपेन्द मेहता , मधेश प्रदेशमा महोमद जुबेर आलम , बागमतिमा केन्द्रिय कार्यलय , गण्डकी विकाश भट्टराई , लुम्बिनी प्रदेश केन्द्रिय कार्यलय , कर्णाली प्रदेश पदम नेपाली , सुदुरपश्चिम प्रदेश सिके भट्ट , विशेष प्रदेश रविन बस्नेत , ctevt सागर केसी र विश्वविद्यालयमा संजिव कुमार चौधरी ईन्चार्ज रहेका छन ।

बैठकले संगठनको केन्द्रीय समितिमा रिक्त रहेको संख्या पदपूर्ति गर्ने र सबै केन्द्रीय सदस्यहरुको जिम्मेवारी सहित कार्यविभाजन गर्ने समेत निर्णय गरेको छ।