पञ्चा समुहलाई लखेटेर पवन समुहलाई बोलाई बन्दसत्र सम्पन्न


Capital Headline
प्रकाशित मिति : सोमबार, माघ ९ २०७९
30.5K
SHARES

९ माघ काठमाडौ ।पोखरा विश्वविद्यालय अन्तर्गतको कसमस कलेज अफ म्यानेजमेन्ट एन्ड टेक्नोलोजी मूल इकाई कमिटीको ९ औं इकाई सम्मेलनमा पञ्चा सिंह समुहले खुल्ला सत्र चलाए तर विवादको समाधान हुन नसके पछि राति १० बजे पवन कार्की समुहका नेताहरुले सिंगो कमिटी नै घोषणा गरेका छन् ।

हिजो माघ ८ गते चापागाउँ ललितपुर सातदोबाटोमा रहेको कसमस कलेज को ९ औं इकाई सम्मेलन थियो । उक्त सम्मेलन मा प्रमुख अतिथि पञ्चा सिंह समूहका उपाध्यक्ष मिलन एम सी थिए । अर्का उपाध्यक्ष क्षितिज सापकोटा, सचिवहरु सञ्जय कालधन, प्रसुन कार्की, उपेन्द्र शाही र कोषाध्यक्ष भूषण शाही लगायतका नेताहरुको उपस्थितिमा सुरु भएको यो सम्मेलनले देश भरका नेता कार्यकर्ताहरुको ध्यान खिचेको थियो ।

यो सम्मेलनले संगठन भित्र ठूलो पराकम्प दिने निश्चित नै थियो । पञ्चा सिंह र पवन कार्की समुह दुवैको लागि महत्त्व राख्ने इकाई कमिटी हो भन्ने बुझिन्छ । इकाइका र केन्द्रका नेताहरु बीच झगडा भएपछि केन्द्रीय नेताहरुलाई कलेज बाट लखेटेर भगाएका थिए ।

त्यसपछि लगतै पवन कार्की समुहका नेताहरुलाई बोलाएर बन्दसत्र समापन गराए । कार्की समुहका केन्द्रीय नेता सागर केसी , निरोज श्रेष्ठ र सुरज कटवाल लगाएतका नेताहरुले खिम सुनारलाई अध्यक्ष घोसना गर्दै सम्मेलन समापन गरेका थिए ।