एमाले अध्यक्ष ओली बालुवाटारमा
१० माघ काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा उनीहरुबीच मंगलबार बिहान भेटवार्ता भएको हो।
भेटमा प्रधानमन्त्री प्रचण्ड र सत्ता साझेदार दल एमाले अध्यक्ष ओलीबीच राष्ट्रपति निर्वाचन, प्रदेश सरकार बिस्तार लगायतका विषयमा छलफल भएको बुझिएको छ। राष्ट्रपति निर्वाचनको मिति नजिकिँदै जाँदा सत्ता साझेदार दलको उम्मेदवार टुंगो लगाउने विषयमा पनि छलफल जारी छ। सत्ता साझेदार दलहरूबीच राष्ट्रपति एमालेले लिने समझदारी भएको बताइएको छ।